वेल्डिङ गर्दा आगलागी भएर एक जनाको मृत्यु
सोमबार, १० वैशाख २०८१, १४ : २५

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका-९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वेल्डिङ गर्ने क्रममा वेल्डिङ मेसिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका-७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको हो ।
जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे हुँदै बर्न अस्पताल कीर्तिपुर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो