पूर्वराष्ट्रपति भण्डारीको प्रश्न : कम्युनिस्ट फुट र विभाजन विचार र सिद्धान्तले कि पदीय आकांक्षाले ?

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलन पटक–पटक फुट र विभाजन हुनुमा सिद्धान्त र विचारले कि पदीय आकांक्षा र अवसरवादले भनेर समीक्षा गर्नुपर्ने बताएकी छन् ।
नेकपा स्थापनाको ७६ वर्ष पुगेको अवसरमा नेकपा एमालेले आयोजना गरेको हीरक महोत्सवमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनले हीरक महोत्सव मनाउँदै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखा परेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा कठिनता हुन्छ’, भण्डारीको भनाइ छ ।
साथै उनले अरू लोकतान्त्रिक वामपन्थी र गैरवामपन्थी पार्टीले लिएका नीति र विचारमा समेत विचलन आएको छ छैन भनेर बेलाबेलामा समीक्षा गर्नु पर्ने भण्डारीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई