छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
सोमबार, १० वैशाख २०८१, १३ : ४९
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्ला २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।
- कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका-३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
- बैतडीको डिलासैनी गाउँपालिका-१ स्थित बसन्तपुर तुफानडाँडामा बर्मबाट सिमारतर्फ जाँदै गरेको सु.प.प्र०१००२ त ४६८६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्टको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सिरहाको लहान नगरपालिका-१८ बसाजोरमा अमहीबाट लहानतर्फ जाँदै गरेको स.१० प २०९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१८ बस्ने १५ वर्षीय जितेन्द्र ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
- पर्साको जगरनाथपुर गाउँपालिका-४ हुलाकी सडकमा वीरगन्जबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू३४४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक भारत पश्चिम चम्पारण घर भएका २० वर्षीय सचिन थारूको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्
-
टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’
-
लक्ष्मण र सुनिताले ल्याए ‘बिहे गरियो’
-
सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन