आजदेखि शिक्षक महासङ्घको महाधिवेशन
सोमबार, १० वैशाख २०८१, १० : ४२

काठमाडौँ । नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनबारे आपसी सहमति हुन नसकेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने भाग नलिने भएको छ ।
महासङ्घको विधानविपरीत एक पक्षीय ढङ्घले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो ।
महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए ।
महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि सङ्गठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईभीमा सरकारको ‘उल्टो’ नीति, व्यवसायी र ग्राहक दुवैमा मारमा
-
संविधानको प्रभावकारी कार्यान्वयन हुन सकेन : सांसद अधिकारी
-
कोशी प्रदेशको आर्थिक समृद्धि : सम्भावना र मार्गचित्र
-
महिला विश्वकप आयोजनामा इङ्ल्यान्डसहित चार राष्ट्रको संयुक्त दाबी
-
१५ औँ महाधिवेशनमा कांग्रेसको संस्थापन समूह ‘इन्ट्याक्ट’ रहला ?
-
मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु