लिभरपुल विजयी भएसँगै उपाधि होड रोचक
सोमबार, १० वैशाख २०८१, ०७ : ३६

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । योसँगै उपाधिका लागि शीर्ष स्थानको भिडन्त रोचक बनेको छ ।
लिगमा ३३ खेल सकिँदा आर्सनल र लिभरपुल दुवैले ७४ अङ्क बनाएका छन् भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७३ अङ्कसहित तेस्रो स्थानमा छ ।
फुलह्यामको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ३–१ ले हरायो । खेलको ३२औँ मिनेटमा ट्रेन्ट अलेक्सान्दर आर्नोल्डले लिभरपुललाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा टिमोटी कास्टाग्नेले गोल गर्दै पहिलो हाफअघि खेल बराबरीमा पुर्याए ।
दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलका लागि ५३औँ मिनेटमा रायन ग्राभेनबर्च र ७२औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई उपाधिको होडमा मजबुत बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल
-
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक