इन्जुरी समयमा गोल गर्दै लेभरकुजनको अपराजित यात्रा कायमै
सोमबार, १० वैशाख २०८१, ०७ : २६

म्युनिख । जोसिप स्टानिसिकले स्टपेज टाइममा बराबरी गोल गरेपछि बायर लेभरकुजनले बोरुसिया डर्टमण्डसँग १–१ को बराबरी खेलेको छ । योसँगै टोलीले यो सिजन आफ्नो अपराजित कीर्तिमान कायम राखेको हो ।
लेभरकुजनले गत आइतबार पाँच खेलहरू बाँकी छँदै आफ्नो पहिलो बुन्डेस लिगा उपाधि सुरक्षित गरेको थियो । अब टोलीले बुन्डेसलिगामा पहिलो अपराजित अभियानको रेकर्ड राख्ने लक्ष्य राखेको छ।
आइतबार भएको खेलको ८१ औँ मिनेटमा निकलस फुलक्रगले आयोजक डर्टमण्डलाई अग्रता दिलाएका थिए । तर थपिएको समयको सातौं मिनेटमा स्टानिसिकले गोल गर्दै सबै प्रतियोगिताका ४५ खेलमा टोलीलाई अपराजित राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
-
६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
-
सुनिताले मागेकी थिइन् गोविन्दासँग सम्बन्धविच्छेद ?
-
यही वर्ष सुरु हुने भयो रणवीर सिंहको डन–३