अभिनेता पंकज त्रिपाठीका भिनाजुको सडक दुर्घटनामा मृत्यु, दिदी घाइते
![अभिनेता पंकज त्रिपाठीका भिनाजुको सडक दुर्घटनामा मृत्यु, दिदी घाइते](https://npcdn.ratopati.com/media/news/pt_TLBlA3GEvt.jpg)
मुम्बई । अभिनेता पंकज त्रिपाठीका भिनाजु राकेश तिवारीको सडक दुर्घटनामा मृत्यु भएको छ । शनिबार साँझ करिब ४ बजे धनबाद जिल्लाको निरसा चोक नजिकै भएको सडक दुर्घटनामा पंकजकी दिदी सविता तिवारी पनि गम्भीर घाइते भएकी छन् ।
उनको धनबादको एसएनएमएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा भाँचिएको छ तर उनी खतरामुक्त छन् ।
घटनाको खबर पाएलगत्तै पंकज त्रिपाठी मुम्बईबाट कोलकाता एयरपोर्ट पुगे र त्यहाँबाट धनबाद प्रस्थान गरेका थिए । चित्तरञ्जन रेलवे कारखानामा काम गर्ने पंकजका भिनाजु सवार कार तीन फिट अग्लो डिभाइडरमा ठोक्किएको थियो । उनी शनिबार साँझ श्रीमती सविता तिवारीसँग कारमा गोपालगञ्जबाट चित्तरञ्जन जाँदै थिए ।
निरसा चोकमा पुग्ने बित्तिकै अटोलाई बचाउन खोज्दा आफ्नो कारको नियन्त्रण गुमाएपछि तीव्र गतिमा रहेको कार तीन फिट अग्लो डिभाइडरमा ठोक्कियो । दुर्घटनामा राजेशको टाउकोमा गम्भिर चोट लागेको थियो ।
सूचना पाएलगत्तै निरसा थानाको प्रहरी स्थानीयको सहयोगमा पुगेर दुवैलाई उपचारका लागि धनबाद एसएनएमसीएच पठाइएको थियो । जहाँ उपचारका क्रममा राकेशको मृत्यु भएको हो ।
पंकज हालै ओटीटीमा रिलिज भएको ‘मर्डर मुबारक’ मा देखिएका थिए। उनको आगामी फिल्म ‘स्त्री २’ यही वर्ष रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कि हामीलाई सिद्ध्याउनु पर्छ, कि केबलकार निर्माण रोक्नुपर्छ’
-
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै
-
संस्कृतिबाट राजनीति ‘आउट’ हुनुपर्छ
-
महिलालाई भूगोलमा आरक्षण दिनेतर्फ पनि सोच्नुपर्छ : सांसद पन्त
-
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
-
‘विकास निर्माण गर्न नदिएर ताप्लेजुङलाई मसानघाट बनाउने हो ?’