एल क्लासिको : पाँच गोलको थ्रिलरमा रियल विजयी

मड्रिड । जुड बेलिङह्यामको इन्जुरी समयको गोलको मद्दतले रियल मड्रिडले एल क्लासिकोमा चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गरेको छ । आइतबार राति भएको पाँच गोलको थ्रिलरमा रियल ३–२ गोलले विजयी बन्यो ।
खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । आन्द्रेस क्रिस्टिएनसनले खेलको छैटौँ मिनेटमा नै पाहुना टोलीलाई अग्रता दिलाए । तर, भिनिसियस जुनियरले पेनाल्टीबाट गोल फर्काएपछि पहिलो हाफमा १–१ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा पनि फर्मिन लोपेजले पुनः बार्सिलोनलाई अग्रता दिलाए । यसपटक ४ मिनेटपछि नै लुकास भाज्क्वेजले रियलका लागि बराबरी गोल गरे ।
खेल बराबरीतर्फ अघि बढिरहँदा ९१ औँ मिनेटमा बेलिङह्यामले निर्णायक गोल गर्दै टोलीका लागि ३ अङ्क सुनिश्चित गरे । जितपछि रियलले ला लिगाको शीर्ष स्थानमा ११ अङ्कको अग्रता बनाउन सफल भएको छ ।
अब लिगमा ६ खेल मात्र बाँकी छँदा टोलीको ३२ खेलबाट ८१ अङ्क छ । दोस्रो स्थानमा रहेको बार्साको समान खेलबाट ७० अङ्क छ ।
रियल सबै प्रतियोगिताका पछिल्ला २८ खेलमा अपराजित रहेको छ । टोलीले यस क्रममा २२ खेलमा जित र ६ खेलमा बराबरी गरेको छ । पछिल्लो पटक रियल सन् २०२३ को अप्रिलमा भिल्लारियालसँग पराजित भएको थियो ।
आइतबार नै भएका अन्य खेलमा एट्लेटिको मड्रिड आलाभेससँग २–० ले स्तब्ध बन्यो । त्यस्तै भिल्लारियालले अल्भेरियालाई २–१ ले हराउँदा गेटाफे र रियल सोसिडाड बराबरीमा रोकिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित
-
कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु
-
कतारलाई हराउँदै कुवेतको नेपालसँग अंक बराबर