किशोर चम्केपछि गुजरातसँग हार्यो पञ्जाब

मुल्लनपुर । साई किशोरको घातक बलिङको मद्दतले गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो ।
गुजरातका लागि राहुल तेवाटियाले नटआउट रहँदै ३६ रन बनाएर टोलीलाई जितसम्म डोर्याए । उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे । कप्तान शुभमन गिलले ३५ रन तथा साई सुदर्शनले ३१ रनको योगदान दिए ।
पञ्जाबका लागि हर्षल पटेलले ३ तथा लियाम लिभिङस्टोनले २ विकेट लिए । अर्शदीप सिंह र साम करनले १–१ विकेट हात पारे ।
यसअघि साई किशोरले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएपछि पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटिएको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३५ रन बनाए । हरप्रिर ब्रारले २९ तथा कप्तान साम करनले २० रनको योगदान दिए ।
गुजरातका लागि मोहित शर्मा र नुरु अहमदले २–२ विकेट लिए । रासिद खानले पनि एक विकेट हासिल गरे । ८ खेलपछि गुजरातको यो चौथो जित थियो । टोली आठ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । पञ्जाब भने ४ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट
-
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति