युक्रेनको महत्त्वपूर्ण सहर नजिकै पुग्यो सेना, गाउँमाथि कब्जा
मस्को । रुसको रक्षा मन्त्रालयले पूर्वी युक्रेनको बोग्दानिव्का गाउँमा कब्जा गरेको दाबी गरेको छ । रुसको सेना पूर्वी बल यूक्रेनमा निरन्तर अगाडि बढ्ने प्रयास गरिरहेको छ र चासीव यार सहरबाट मात्र केही दूरीले टाढा छ ।
उता युक्रेन भने पछिल्लो छ महिनामा आफ्नो रक्षात्मक पङ्क्तिलाई बचाउनका लागि सेनाले सङ्घर्ष गरिरहेको छ । युक्रेनी सेना यस समय हतियारहरू, सेना र वायु सेनाको सुरक्षाको कमीको सामना गर्दैछ ।
रुसले यस गर्मीमा अझ बलियो रूपमा आक्रमण गर्न सक्ने विश्लेषकहरू विश्वास गर्छन् । रुस युक्रेनको रक्षात्मक रेखा तोडेर अगाडि बढ्न चाहन्छ ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता रुस र युक्रेनबिच भीषण युद्ध चलिरहेको छ । रुसले यो आक्रमणलाई विशेष सैन्य कारबाही भनेको छ ।
युक्रेनले बारम्बार पश्चिमी देशहरूसँग मद्दत मागेको छ र थप हतियार उपलब्ध गराउन अनुरोध गरेको छ । अमेरिकी संसद्ले युक्रेनका लागि ६० अर्ब डलरको सहायता स्वीकृत गरेको छ । यता रुसले भने युक्रेनलाई अमेरिकाले दिएको सहयोगको अर्थ ऊ यो युद्धमा अझ गहिरो रूपमा फसेको र यसको नतिजा उसका लागि लाजमर्दो हुने बताएको छ ।
बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म