सिड्नीको मलमा छुरा प्रहारबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
आइतबार, ०९ वैशाख २०८१, २१ : २३

सिड्नी । सिड्नीको एक मलमा छुरा प्रहारबाट घाइते भएकी एक बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । एश्ली गुडकी नौ महिनाकी छोरीको चिकित्सकहरूबाट निगरानी भने जारी रहने एक स्वास्थ्य अधिकारीले जानकारी दिए ।
छाती र हातमा चोट लागेपछि बालिकाको सिड्नी बाल अस्पतालमा शल्यक्रिया गरिएको थियो । आमा एश्ली भने छोरीको रक्षा गर्दा मारिएकी थिइन् । गत १३ अप्रिलमा वेस्टफिल्ड बोन्डी जङ्क्शन सपिङ मलमा भएको भीडमा ६ जनाको ज्यान गएको थियो, जसमध्ये पाँच जना महिला थिए।
४० वर्षीय जोएल काउचीले मानिसहरूलाई अन्धाधुन्ध छुरा प्रहार गर्न थालेपछि भिडभाड भएको कम्प्लेक्सलाई आतङ्कित बनाएको थियो । पछि उनलाई प्रहरीले गोली हानेर मारेको थियो । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
-
लयमा फर्किँदै वीरगन्ज, नयाँ वर्षमा छैन रौनक (फोटोफिचर )