समाचार
प्रभु हेलिकप्टरका क्याप्टेन निलम्बित
आइतबार, ०९ वैशाख २०८१, २० : २०

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेड एक क्याप्टेनलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार ती क्याप्टेनले उडानका दौरान अस्वीकार्य र अनधिकृत गतिविधि गरेका थिए ।
उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको हो । प्राधिकरणले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।