प्रदेश
रुकुम पश्चिममा डढेलो : एक वृद्धाको मृत्यु, चार घर जले
आइतबार, ०९ वैशाख २०८१, १८ : ५९

सुर्खेत । रुकुम पश्चिमको भड्नीगारे सामुदायिक वनमा लागेको आगोमा परी एक वृद्धा महिलाको मृत्यु' भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका-३ की स्थानीय ७० वर्षीया बुदी कामी रहेकी छन् ।
पश्चिम रुकुमका प्रहरी प्रमुख नवराज पोख्रेलले उनको शव जिल्ला अस्पताल सल्लेमा ल्याइसकिएको बताए । ‘जलेर घटनास्थलमा नै उहाँको मृत्यु भएको थियो । पोस्टमार्टम गर्नका लागि यहाँ जिल्ला अस्पतालमा ल्याइएको हो,’ रातोपाटीसँग उनले भने, ‘वनमा लागेको आगो घरतर्फ आउन खोजेपछि उहाँ निभाउन जानु भएको रहेछ । आगोले समात्यो, जल्नुभयो ।’
प्रहरीका अनुसार त्यहाँ स्थानीयको थप तीन वटा घर पनि आगोले नष्ट भएका छन् । आगो अझै नियन्त्रणमा भने आएको छैन । त्यहाँ अहिले प्रहरीको रोहवरमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध
-
दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास