पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास पाएन : डा. भट्टराई

बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् ।
उनले ठुलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको बताए । उनले राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको जिकिर गरे ।
आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा डाक्टर भट्टराईले देशमा चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरू धराशायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको बताए । उनले सरकारले उठाएका ठुला फाइलहरूको हालसम्म कुनै टुङ्गोमा पुर्याउन नसकेको जनाउँदै सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको दाबी गरे ।
भट्टराईले भने, ‘राजनीतिक भनेको देश लुट्ने अस्त्र बन्यो । चुनावलाई महँगो बनाउने र नागरिकले दिएको भोटले जितेर त्यसको फाइदा विभिन्न नाममा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्यो ।’
भट्टराईले सत्ताको लालचीमा आफू कहिल्यै नलागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?
-
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा