लेखा परीक्षण प्रतिवेदन : २१ दललाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न २१ राजनीतिक दलहरूलाई दलहरूलाई स्पष्टीकरण सोधेको छ । साथै ७ दिनभित्र लेखापरिक्षण बुझाउन र सार्वजनिक गर्न निर्देशन समेत दिएको छ ।
आयोगको आइतबार बसेको बैठकले लेखापरीक्षण नगर्ने र सार्वजनिक नगर्ने ती दलहरूलाई निर्देशन दिएको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि ८२ राजनीतिक दलले पेस गरेका थिए ।
यी मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने बिस राजनीतिक दल र समय व्यतीत भएपश्चात् लेखापरीक्षण प्रतिवेदन पेस गर्ने १३ राजनीतिक दल मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने १ राजनीतिक दल गरी २१ वटा राजनीतिक दलले लेखापरीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट ७ दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी विवरण आयोगमा पेस गर्न निर्देशन दिएको छ ।
आयोगले आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र बुझाउने तर लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दलहरूको नामावली पनि सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?