ललितपुरका शिक्षकहरूले एसइई उत्तर पुस्तिका परीक्षण नगर्ने
आइतबार, ०९ वैशाख २०८१, १६ : ५१
काठमाडौँ । ललितपुरका शिक्षक सङ्घ सङ्गठनहरूले पारिश्रमिक कम भएको भन्दै यसपटकको एसइई परीक्षाको उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण नगर्ने घोषणा गरेका छन् ।
आइतबार नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक सङ्घटनका उपाध्यक्ष प्रकाश घिमिरे, प्रगतिशील शिक्षक सङ्घटनका अध्यक्ष गोविन्द चिलवाल र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका सचिव शैलेश प्रधानले संयुक्त रूपमा परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो घोषणा गरेका हुन् ।
ध्यानाकर्षपत्रमा उनीहरुले समयानुकूल पारिश्रमिक वृद्धि नभएसम्म उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी फिल्म फेस्टिभल : काठमाडौँमा सकियो, अब पोखरामा हुने
-
ललितपुर महानगरले गर्यो १२ फुटबल क्लबलाई सम्मान
-
नो केबलकार समर्थक १४ आन्दोलनकारी पक्राउ, एउटा गाडीमा तोडफोड
-
संसद्मा दर्ता भयो नागरिक उड्डयनसम्बन्धी दुई विधेयक, यसरी टुक्र्याइँदैछ क्यान
-
राजनीतिमा जितहार स्वभाविक हो, जित्दैमा उत्ताउलो हुनु पर्दैन : देउवा
-
पुलिसले जित्यो पाँचौँ टाइगर कप भलिबलको उपाधि