अदालत
रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा
आइतबार, ०९ वैशाख २०८१, १६ : ३३

काठमाडौँ । रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’ मा परेको छ । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।
चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।
उनी निर्वाचित भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकृत गरेको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नै भएको ठहर गरेको थियो । सो निर्णय विरुद्ध चौधरी सर्वोच्च गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
-
वर्ष २०८१ को अन्तिम दिन घटेर बन्द भयो सेयर बजार
-
खैरो हेरोइन सहित समातिएका आरोपी ट्याक्सीबाट ओर्लिएर फरार
-
नेपाल ल क्याम्पसमा वैशाख ८ गते स्ववियु निर्वाचन हुने
-
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
-
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा