एक पटकमा २३५ जना बोक्न सक्ने विश्वको सबैभन्दा ठुलो लिफ्ट
![एक पटकमा २३५ जना बोक्न सक्ने विश्वको सबैभन्दा ठुलो लिफ्ट](https://npcdn.ratopati.com/media/news/eee_NbjwEopFZD.jpg)
मुम्बई । यो एलिभेटको आकार स्टुडियो अपार्टमेन्ट जत्रै छ । एक पटकमा १६ टनसम्म तौल बोक्ने यो विश्वको सबैभन्दा ठुलो एलिभेटर हो ।
सन् २०२२ मा फिनिश एलिभेटर निर्माता कम्पनी कोनले भारतको मुम्बईस्थित जियो वर्ल्ड सेन्टरमा यो एलिभेटर जडान गरेको थियो । उक्त भवनमा रहेको कन्भेन्शन सेन्टरमा विवाह वा प्रदर्शनी हुँदा एकै पटकमा धेरै जनालाई बोक्न भनेर यो एलिभेटर बनाइएको हो । यो क्षेत्रफल २५ दशमलव ७८ वर्गमिटरको छ ।
यसमा सिसाको चार प्यानल ढोका छ । भित्ताहरू पनि पारदर्शी सिसाकै छन् । एलिभेटर पाँच तलासम्म छ । यसभित्र यात्रीहरुलाई आरामका लागि दुई ओटा सोफा पनि राखिएको छ । सोफा प्रतिसेकेन्ड एक मिटरको गतिमा चल्छ ।
यो एलिभेटर बनाउन कति खर्च लाग्यो भनेर कोनले केही पनि बताएको छैन । तर यो एलिभेटर भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिले बनाउन लगाएकोले सस्तो त पक्कै नहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र
-
दातृ निकायको सहयोगका आयोजनामा पनि हालत खराब, एमसीसीको सबैभन्दा कमजोर प्रगति
-
२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?
-
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय
-
प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित
-
अमेरिका भ्रमणमा नेतन्याहुले ट्रम्पलाई दिएका थिए सुनौलो पेजर