ओली अस्वस्थ, ईश्वरको अध्यक्षतामा एमाले परिषद् बैठक
आइतबार, ०९ वैशाख २०८१, १४ : २७
१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि उनी गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको दोस्रो तथा अन्तिम दिन सहभागी भएका छैनन् ।
उनलाई रुघाखोकीले सताएको ओलीको सचिवालयले जनाएको छ । ‘रुघाखोकी हो । रुघाखोकी लागेपछि बाहिर निस्कन उचित नहुने भएकाले निवासमै आराम गरिरहनुभएको छ’, अध्यक्ष ओलीको सचिवालयका एक सदस्यको भनाइ छ ।
‘अध्यक्ष कमरेड केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा महाधिवेशन प्रतिनिधि परिषद्को आजको बैठक सुरु भएको छ’, एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ