अस्पतालमा भर्ना भए मुनवर फारुकी
नयाँ दिल्ली । बिग बोस १७ का विजेता तथा स्ट्यान्डअप कमेडियन मुनवर फारुकी बिरामी परेका छन् । फारुकीले अस्पतालमा भर्ना भएर हातमा ड्रिप लिएको तस्बिर सेयर गरेका छन् । रिपोर्टका अनुसार अचानक स्वास्थ्य बिग्रिएपछि फारुकी अस्पताल भर्ना भएका हुन् ।
फारुकीले आफ्नो इन्स्टाग्राम प्रसारण च्यानलमा एक तस्बिर सेयर गरेका छन् । यस फोटोमा, कमेडियनको हातमा आईभी ड्रिप छ । यो तस्बिर सेयर गर्दै मुनब्बरले लेखेका छन्, ‘मलाई कसैको आँखा लागेको छ ।’ यो तस्बिर सार्वजनिक भएपछि फ्यानहरू फारुकीको स्वास्थ्य स्थितिलाई लिएर चिन्तित भएका छन् । धेरैले उनलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
फारुकीले फोटो सेयर गर्ने बित्तिकै इन्स्टाग्राममा ‘गेट वेल सुन मुनवर’ ह्यासट्याग ट्रेन्डिङ हुन थालेको थियो । २० अप्रिलको साँझमा फारुकीले इन्ष्टाग्राम स्टोरीमा आफ्नो मुस्कुराइरहेको तस्बिर शेयर गरेका थिए ।
यो तस्बिरमा उनले ‘यति मिठा म्यासेजका लागि धन्यवाद, रिकभरी हुँदैछ, प्रार्थना गरिरहनुहोस् ।’ लेखेका थिए । तस्बिरमा उनी टाउकोलाई हातमा ढल्काएर बसेका छन् । फारुकी यतिबेला आफ्नो पहिलो वेब सिरिज ‘फर्स्ट कपी’ को कारण चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै
-
संस्कृतिबाट राजनीति ‘आउट’ हुनुपर्छ
-
महिलालाई भूगोलमा आरक्षण दिनेतर्फ पनि सोच्नुपर्छ : सांसद पन्त
-
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
-
‘विकास निर्माण गर्न नदिएर ताप्लेजुङलाई मसानघाट बनाउने हो ?’
-
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु