सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

आइतबार, ०९ वैशाख २०८१, १२ : ४६
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । पछिल्लो २४ घण्टामा भक्तपुरसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

  • भक्तपुरको चाँगुनारायण नगरपालिका-७ खरिपाटी भद्रकालीस्थित सडकमा बा.प्र.०२-०२५ प १४०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ओखलढुङगा माने भन्ज्याङ गाउँपालिका घर भई हाल भक्तपुर खरिपाटी बस्ने ४० वर्षीय रामराज राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • कञ्चनपुरको बेलौरी नगरपालिका-५ मैनाहस्थित सडकमा कलुवापुरबाट बेलौरीतर्फ जाँदै गरेको से.२ त २२५४ नम्बरको  ट्याक्टर आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक लालझाडी गाउँपालिका-६ चान्देउ बस्ने ३५ वर्षीय सुरेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ । 
  • मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० बसपार्क पिपलबोटस्थित सडकमा बा.प्र.०३-००५ प ३५११ नम्बरको स्कुटरलाई प्र.२-०३-००१ ख ६८५४ नम्बरको टिपरले शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ५५ वर्षीय भीम बहादुर बिडारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • झापाको बिर्तामोड नगरपालिका-५ मुक्तिचोकमा चारपानेबाट काकडभिट्टातर्फ जाँदै गरेको प्र.१-०१-००२ च १९० नम्बरको कारको ठक्करबाट मेचिनगर नगरपालिका-१२ बस्ने ११ वर्षीय सन्तोष रोकाको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • बाँकेको कोहलपुर नगरपालिका-८ पिपिरीस्थित सडकमा नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै सु.प.प्र.०२००१ख१२९१ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री कोहलपुर नगरपालिका-८ पिपिरी बस्ने २८ वर्षीया लालसरी बुढाको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-७ बन्दास्थित सडकमा सूर्यपुरादेखि गुठीप्रसौनतर्फ जाँदै गरेको युपि ५६ एई  ३१३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सरावल गाउँपालिका-७ भुजहवा बस्ने ३१ वर्षीय उमेश सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप