सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
आइतबार, ०९ वैशाख २०८१, १२ : १२

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य उच्च बिन्दुमा पुगेर रोकिएको जनाएको छ । महासङ्घका अनुसार आज गत साताको शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ कायम छ ।
यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ । पछिल्लो समय सुनको मूल्य निरन्तररुपमा बढ्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको हो ।
सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि आइरहेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
-
दल विभाजनतर्फ नलाग्न सरकारसँग जोशीको आग्रह
-
केभिआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र र सोनिमा विजेता
-
पोखरामा त्रिदेशीय पर्यटन एक्स्पो सम्पन्न
-
कुलेखानीले बगाएको सिस्नेरी सडक पुनः निर्माण गर्न २ प्याकेजमा ठेक्का
-
कालसँग कुस्तीः असी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त सार्वजनिक