किन गएनन् परिषद् बैठकमा एमाले नेता भीम रावल ?

काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गोदावरीको सनराईज हलमा जारी छ । उक्त बैठकमा देशभरका नेकपा एमालेका महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू,केन्द्रीय निकायमा मनोनयन गरेका परिषद् सदस्य तथा केन्द्रीय पदाधिकारी गरी २ हजार ५४५ जना सहभागी छन् ।
परिषद् बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेर समूहगत छलफल जारी छ ।
राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनपछिको शक्तिशाली कार्यक्रम मानिने परिषद् बैठकमा एमाले नेता भीम रावल भने सहभागी भएनन् । रावल सहभागी नहुनमा अनिच्छा भएर भने होइन । उनलाई कार्यक्रमबारे पार्टी कमिटीले कुनै औपचारिक जानकारी समेत गराएन ।
पार्टी कमिटीले औपचारिक जानकारी नगराएपनि रावल उक्त बैठकमा सहभागी हुन चाहन्थे । त्यसैले उनले गोदावरी बैठकमा सहभागीताका लागि व्यवस्था गरिएको परिचय पत्रबारे सोधखोज गरे । सोधखोजका क्रममा प्रवेशका लागि गरिएको परिचयपत्र नै नबनेको पाएपछि आफू नगएको रावलले रातोपाटीलाई बताए ।
‘प्रवेशका लागि मेरो परिचयपत्र नै बनाइएको रहेनछ । परिचयपत्र नै नबनाएपछि ढोकामा गएर प्रवेशका लागि अनुनय विनय गर्न मैले उचित ठानिनँ’, रावलको भनाइ छ ।
गत २०७८ मङ्सिरमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीको इच्छाविपरित रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता अध्यक्ष ओली रावलप्रति सकारात्मक छैनन् । गएको निर्वाचनमा समेत रावललाई जिल्ला र प्रदेशबाट उम्मेदवार सिफारिस हुँदा ओलीली टिकट दिएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
-
प्रतिक्रान्तिकारीहरूलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ: प्रचण्ड
-
कृषिको व्यवसायीकरण र पर्यटन प्रवर्द्धन हुने गरी सडक सञ्जाललाई अघि बढाएका छौँ –मन्त्री दाहाल
-
साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?