माओवादीका नेता शर्मा जसपा प्रवेश गर्दै

काठमाडौँ । केही दिन पहिले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका रामकुमार शर्मा आज जनता समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आज हुने एक कार्यक्रमको बिच उनी प्रवेश गर्न लागेका हुन् ।
नेता शर्मासहितका माओवादीका अन्य नेता तथा कार्यकर्ता जसपा प्रवेश गर्न लागेका हुन् । माओवादीमा भ्रष्टाचार मौलायो, जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टीले काम नगरेको भन्दै उनी पार्टीबाट राजीनामा दिएका थिए ।
उपेन्द्र यादवको तत्कालीन मधेसी जनअधिकार फोरममा स्थापना कालदेखि काम गरेका उनी २०६५ मा फोरम छाडेर तमलोपामा गएका थिए । २०६७ मा तमलोपा छाडेर उनी माओवादी भएका थिए ।
पछि केही समय डा बाबुराम भट्टराईको नयाँ नेपालमा काम गरे । केही समयपछि माओवादीमा फर्केका रामकुमार शर्मा अहिले पुनः उपेन्द्र यादव नेतृत्वको जसमा प्रवेश गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिता र बुचलाई फिर्ता ल्याउने अभियान फेरि भयो स्थगित
-
युद्ध विरामका लागि ट्रम्पसामु पुटिनले राखे यी दुई सर्त, अब के गर्लान् जेलेन्स्की ?
-
होलीको दिन के गर्दैछन् नेताहरू ?
-
चैत महिनाका लागि एक दर्जन बैंकले गरे ब्याजदर घटबढ
-
चालकले लागु पदार्थ सेवन गरेको जाँच गर्न इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन
-
होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने