लम्पी स्किनविरुद्ध पनौतीमा निःशुल्क खोप अभियान

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो ।
पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पी स्किन तथा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताए । पनौती नगर क्षेत्रभित्रका सम्पूर्ण पशुमा रोग रोगथामका लागि डेढ महिना अभियानको रूपमा किसानका गोठमा गई निःशुल्क खोप लगाइने छ ।
बाह्र वडा रहेका नगरमा विभिन्न मितिमा अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । शाखाले यसअघि सार्वजनिक अपिल गर्दै यस अभियानलाई किसानले साथ दिन र आफूले पालेका निरोगी गाई, भैँसी तथा भेडाबाख्रालाई खोप लगाउन अनुरोध गर्दै आएको थियो । गत वर्ष नगरले नगरका नौ हजार नौ पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको सापकोटाले जानकारी दिए ।
गत वर्ष पनौती नगरमा लम्पी स्किन रोगले महामारीको रूप लिँदा तीन सय किसानका पाँच सय पशु मरेका थिए । पशुचौपाया मरेका किसानलाई २०८० असोजमा प्रतिपशुचौपाया रु १० हजारका दरले राहत रकम वितरण गरिएको थियो ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा गत वर्ष ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको जनाएको छ । यसमध्ये जिल्लाको १३ स्थानीय तहमा छ सय ८१ पशुचौपाया मरेका थिए । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसी मरेका हुन् । बनेपा नगरका छवटा वडामा एक सय १८ पशु मरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख