आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौँ । उल्भ्सलाई हराउँदै आर्सनल इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति उल्भ्सको मैदानमा २–० को जित निकाल्दै आर्सनलले एक अङ्कको अग्रता लिएको हो ।
प्रिमियर लिग तालिकामा ३२ खेल खेलेको म्यान्चेष्टर सिटी दोस्रो स्थानमा छ भने उल्भ्समाथि जित निकाल्दै आर्सनलले ७४ अङ्क जोडेको हो । उल्भ्सविरुद्ध महत्वपूर्ण तीन अङ्क दिलाउनका लागि लिनार्दो ट्रोसार्ड र मार्टिओडेगार्डले एक एक गोल गरे ।
खेलको ४५औँ मिनेटमा गोल गर्दै ट्रोसार्डले पहिलो हाफअघि आर्सनललाई १–० को अग्रता दिलाएका थिए । ९० मिनेटपछिको इन्ज्युरी समयमा ओडेगार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गराए ।
गएराति नै भएको अन्य खेलमा लुटन टाउनलाई ५–१ ले हराउँदै ब्रेन्टफोर्ड १४औँ स्थानमा उक्लिएको छ । यस्तै १९औँ स्थानको बर्नलेले २०औँ स्थानको शेफिल्ड युनाइटेडलाई ४–१ ले हरायो ।
प्रिमियर लिग अन्तर्गत आज एभर्टन र नटिङ्घम फरेस्ट, क्रिष्टल प्यालेस र वेष्टह्याम युनाइटेड, एष्टन भिल्ला र बर्नमाउथ र फुलह्याम र लिभरपुलबिच प्रतिष्पर्धा हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो बिदाइ खेलमा मेस्सी र रोनाल्डोसँगै यी स्टार खेलाडीलाई खेलाउन चाहन्छन् कार्लोस टेभेज
-
अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को औपचारिक घोषणा
-
श्रम शोषण भएको भन्दै आवासीय डाक्टरहरूको प्रदर्शन जारी
-
तस्बिरमा हेर्नुहोस् ‘नरसिंहा अवतार’ को गीत सार्वजनिक कार्यक्रम
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा
-
‘चमेलीको पोइ’ को छायाङ्कन सुरु