ट्राभिस हेडको विस्फोटक व्याटिङमा हैदरावादको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) मा विष्फोटक ब्याटिङ गरेको सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि ६७ रनको शानदार जित निकालेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६६ रनको चौथो ठूलो योगफल खडा गरेको थियो ।
जारी आइपिएल इतिहासमा पहिलो धेरै रन बनाउने टोली पनि हैदरावाद नै हो । पावर प्लेको ६ ओभरमा १ सय २५ रन बनाएको हैदरावादका लागि ओपनर द्वय ट्राभिस हेड र अभिषेक शर्माले विष्फोटक सुरुवात गरे ।
३२ बलको सामना गरेका हेडले ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रनको पारि खेले भने १२बलको सामना गरेका शर्माले २ चौका र ६ छक्का प्रहार गर्दै ४६ रनको योगदान गरे । यस्तै शाहवाज अहमदले नटआउट ५९ रन, नितिश रेड्डीले ३७ रनको योगदान गरे ।
दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ४ विकेट, मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेको दिल्ली भने १९ दशमलव १ ओभरमा अलआउट भयो । विशाल रनको लक्ष्य पछ्याएको दिल्लीले १ सय ९९ रन मात्र बनायो ।
दिल्लीका लागि जेल फ्रेजर मक्गर्कले सर्वाधिक ६५ रनको पारी खेले । कप्तान ऋषभ पन्तले ४४ रन बनाएर आउट हुँदा अभिषेक पोरेलले ४२ रन जोडे । हैदरावादको लागि थांगासु नटराजनले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मयंक मार्कण्डे र नितिश रेड्डीले पनि समान २–२ विकेट लिए।
हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली सातौँ स्थानमा छ । आईपिएलमा आज २ खेल हुँदैछन् । दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुखानी हत्याकाण्ड : सत्य र तथ्य
-
‘सञ्जयलाई रिहा गर्न मैले सहयोग गरेँ, जेलबाट बाहिर आएपछि टाढा रहन थाले’
-
आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
विराटले उछिने सचिनलाई
-
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शिक्षक महासङ्घले जनायो आपत्ति
-
लन्डनकी अन्जुले पूरा गरिन् विश्वकै ठुला ६ वटा म्याराथन