कम्युनिष्ट पार्टीबिच तत्काल एकता सम्भव छैन : उपाध्यक्ष पाण्डे
_gIl10xylS0.jpg)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबिच तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।
धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा शनिबार उनले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताए ।
केही नेताहरूले एकताको हल्ला चलाएको भए पनि यसमा कुनै सत्यता नरहेको उनको भनाइ थियो । नेता पाण्डेले कम्युनिष्ट पार्टीहरूमा आ–आफ्नै विचार रहेकाले अहिलेकै अवस्थामा एकता गर्ने अवस्था नरहेको बताए ।
कम्युनिष्ट आन्दोलनको मूलधार आफ्नो पार्टी भएको भन्दै उनले निष्ठावान कार्यकर्ता र जनताको बलमा पार्टीको अस्तित्व कायम गर्ने प्रष्ट पारे । उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनमा पार्टीले एक्लै चुनाव लडेर जित्ने दृढताका साथ सङ्गठन विस्तार गर्नुपर्ने र अबको मुख्य कार्यभार सङ्गठन सुदृढीकरण गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको मिसन–०८४ : ठुलो दल बन्ने कि निर्णायक शक्ति ?
-
कर्णालीमा वर्षा र हिमपात, कृषकहरू उत्साहित (तस्बिरहरू)
-
गौर आँखा अस्पतालले २० लाखबढी मानिसलाई पुनः संसार देखायो
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
तस्बिरमा हेर्नुहोस् ठेक्का रद्द गरिएको धुलिखेल खावा सडकखण्डको दुर्दशा
-
बुटवलमा निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट गाडीको बिक्री सुरु