आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेचेर आएको पैसाले कृषि औजार कारखाना सञ्चालन गर्ने भएका छन् । डा.पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् ।
उनले त्यसका लागि वीरगन्ज कृषि औजार कारखानामा जागिर खुलेको सूचना समेत प्रकाशित गरेका छन् । रोजगारीको सूचनामा पुनले मेकानिकल इन्जिनियरदेखि मेशिन निर्माणकर्ता समेत गरी २४ जना जनशक्तिको आवश्यकता रहेको जनाएका छन् ।
पुनले भनेका छन् : ‘वीरगन्ज कृषि औजार कारखानामा जागिर खुल्यो । आफ्नो लागि जागिर खान र जन्मभूमिको लागिमा केहि गरेर देखाउन चाहनेहरूले सम्पर्क गर्नुहोला । महावीर पुनको आत्मकथाको किताब बेचेर आएको पैसाले कारखाना सञ्चालन हुँदैछ ।’
पुन वर्षौदेखि बन्द भएको वीरगन्ज कृषि औजार कारखानालाई पुनः सञ्चालन गर्ने तयारीमा छन् । उनले केही दिनअघि आत्मकथा पुस्तक बिक्री गरेर पाँच करोड आम्दानी भएको जानकारी दिएका थिए । सोही पैसा उनले कारखानामा लगानी गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक