एसीसी प्रिमियर कप
सोमपालले नै दिलाए नेपाललाई तेस्रो सफलता
शनिबार, ०८ वैशाख २०८१, १८ : ५५

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । सोमपाल कामीले २६ रन बनाएका बाबर हायातलाई आउट गरेका हुन् । हङकङले १०.४ ओभरमा ६० रन बनाएको छ ।
नेपालले हङहङसामु जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।