प्रेमिका र फूल

माया गर्नेहरू धेरै छन् फूलका
जवानी फुकाएर अलिकति
हरेक गोधुली साँझमा
पार्कहरूमा हल्लिँदै
पोखिएर रातो घामसँगै
थुप्रैसँग डेटिङ जान सक्छन् -
फूलहरू।
चराहरूको चिरबिरमा मक्ख पर्दै
सिरसिरे बतासको सुसेली सङ्गीतमा
टाउको हल्लाउँछन्-
फूलहरू।
मनमोहक ती फूलहरू पनि
क्षणिक हुन्छन्
झर्न सक्छन् ओइलिएर।
त्यसैले त ती कामातुर छन्
मौसमले काउकुती लगाउँदा
तिमीलाई हेरेर पनि अर्कैसँग
जिस्किन सक्छन् -
फूलहरू ।
तिम्रो आँखा छलेर
भँवराहरूसँग
खुलेआम
चुम्बन गर्न सक्छन् -
फूलहरू।
फूलहरू सबैको लागि
उसैगरी मुस्कुराउँछन्।
कुनै प्रेमिकाको लागि
प्रेम दिवसको दिनमा
प्रेमीले दिने
रातो गुलाफको अर्थसँग
साटिन सक्छन्-
फूलहरू।
इमानदार छैनन् -
फूलहरू
प्राय: रातहरूमा,
तिम्रो सम्पर्कबाट बाहिर
अँध्यारोको च्यादर ओढेर
जूनसँग जवानी साट्न
व्यस्त हुन्छन् -
फूलहरू।
अनिदो रातसँगै,
झिसमिसेमै उठेर
नुहाउँदै,
शीतका थोपाहरूले,
आफूलाई ताजा
बनाउँछन् -
फूलहरू ।
चित्त नबुझेर
त्यतिले,
स्थिर नबसेर
सधैँ ,
इतरिँदै हावासँग,
जवानी ढलिसकेपछि पनि
पोइल जान सक्छन्-
फूलहरू।
बर्दघाट-१०, नवलपरासी
हाल: ओस्लो, नर्वे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)
-
विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु
-
भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानद्वारा चन्द्रागिरिको भ्रमण
-
श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी
-
कानुन विपरीत गर्भपतन गर्दै हुनुहुन्छ की ? कारबाहीमा पर्नुहोला ।