बजार
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
शनिबार, ०८ वैशाख २०८१, १३ : ३२

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्ममा ३०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख ३९ हजार रुपैयाँ थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३९ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ । यो नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्य हो ।
यसैगरी यो साता चाँदीको कारोबार मूल्य भने घटेको छ । यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । यससँगै यो साता चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार तोलामा १७ सय ५० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम