विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला

काठमाडौँ । गुल्मी, झापा र सिरहामा ३ जना मृत फेला परेका छन् । शुक्रबार एक बालकसहित तीन जना मृत अवस्थामा फेला परेका हुन् । गुल्मीको सत्यवती गाउँपालिका–६ खैरेनी बस्ने कमल दिन मियाँका छोरा १४ वर्षीय युवराजदिन मियाँ सोही ठाउँस्थित बाडिगार्ड खोलामा मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार माछा मार्न भनि उक्त खोलामा गएका उनी घर नफर्किए पछि खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै झापामा पनि एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मेचीनगर नगरपालिका–११ रामचोक बस्ने ५७ वर्षीय कन्चन राई सोही ठाउँस्थित खाली जग्गामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । उता, सिरहाको सिरहा नगरपालिका–१ दुर्गा मन्दिर हटिया बजारस्थित टहरामा एक पुरुषको शव भेटिएको छ ।
नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष व्यक्ति शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान टुक्र्याउन दबाब दिने ईयूभित्र कति स्वायत्त छन् सिभिल एभिएसन ?
-
बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन
-
ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
-
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
-
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै