नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल

काठमाडौँ । चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंहले नेपाली सिक्दै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमका लागि नेपाल आएर फर्कने क्रममा उनले सुरक्षाकर्मीसँग नेपाली सिक्न आग्रह गरेको भिडियो अपलोड गरेकी हुन् ।
भिडियोमा उनले ट्राफिक प्रहरीसँग कुराकानी गरिरहेको देखिन्छ । उनले एक जनलाई आग्रह गर्छिन्, ‘मलाई नेपाली सिकाउनुस् न ।’ त्यसपछि ट्राफिक प्रहरीले ‘तपाईंको नाम के हो ?’ भन्न सिकाउँछन् । त्यसपछि अक्षराले उल्टै ती प्रहरीलाई ‘तपाईंको नाम के हो ?’ भन्दै सोध्छिन् । प्रहरीले जवाफ दिन्छन्, ‘मेरो नाम सुरेन्द्र मुखिया हो ।’
अनि अक्षराले पनि मेरो नाम अक्षरा हो भन्छिन् । त्यसपछि अरूलाई पालैपालो नाम सोध्छिन् । उनले नेपाली सिकेर ‘तपाईंसँग भेटेर धेरै खुसी लाग्यो’ भन्दै सेल्फी खिचेर बिदा हुन्छिन् । उनले आफूलाई फेरि नेपाल बोलाउन पनि आग्रह गर्छिन् । भोजपुरी फिल्ममा सक्रिय अक्षराले कयौँ पुरस्कार पनि हासिल गरेकी छन् । उनको तबादला, सरकार राजजस्ता चलचित्रहरू चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल