बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ । सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ । कपन साहित्य समाज, बूढानीलकण्ठ–१० (कसास) ले आज यहाँ आयोजना गरेको ‘नववर्ष २०८१ को शुभकामना आदानप्रदान एवं कविता भित्तेपात्रो लोकार्पण समारोह’ मा साहित्यकारलगायत सबै संस्कृतिकर्मी र नगरपालिकालगायत सङ्घसंस्थालाई उक्त ऐतिहासिकस्थलको अध्ययन– अनुसन्धान गरी विस्तृत दस्तावेज तयार पारेर सम्पदा सूचीमा समावेशको प्रयास थाल्न अनुरोध गरेको हो ।
त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा कसासका संरक्षक मिठाराम अधिकारीले साहित्यिक–सांस्कृतिकलगायत अन्य रचनात्मक क्रियाकलाप निरन्तर रूपमा आयोजना गर्न आग्रह गरे । साहित्यकार प्रा शैलेन्दुप्रकाश नेपालले छोटा भए पनि जीवन र जगत्का भोगाइ सटिक रूपमा भित्तेपात्रामा समेटिएको बताए ।
साहित्यकार श्यामप्रसाद रिमालले हिरण्यकशिपुलाई वधपछि नृसिंह अवतारका भगवान् विष्णुले शीतलता प्राप्त गर्न आएको ‘मृगेन्द्र शिखर’ भनिने लिच्छविपूर्वको बस्ती बूढानीलकण्ठ, शिवपुरी क्षेत्रका सबै पक्षबारे अन्तरराष्ट्रिय जगतमा परिचित गराउनुपर्ने बताए ।
कसासका अध्यक्ष गणेशकुमार मिश्र, उपाध्यक्ष डा.विष्णु केसी र महासचिव लक्ष्मण अधिकारीले आगामी दिनमा संस्थालाई अझ क्रियाशील बनाएर राष्ट्रिय रूपमा स्थापित गराइने प्रतिबद्धता व्यक्त गरे । कसासका उपाध्यक्ष डा.केसी संयोजक तथा सचिव त्रिलोचन आचार्य र सदस्य होमशङ्कर बास्तोला रहेको प्रकाशन समितिको संयोजनमा प्रकाशित ‘कसास कविता क्यालेन्डर–२०८१’ मा गद्यपद्य कविता, गीत, गजल, मुक्तक, हाइकु र साइनो गरी सानाछोटा ६८ रचना छन् ।
संस्थाले हालसम्म ‘कपन दर्पण’ का ‘स्मारिका –२०५८’, ‘कविता विशेषाङ्क –२०६२’, ‘पूर्णप्रकाश नेपाल यात्री स्मृति अङ्क–२०७२’ र ‘कविता विशेषाङ्क –२०६२’ प्रकाशन गरिसकेको छ । कपनमा साहित्यिक गतिविधि बढाउन पूर्णप्रकाश यात्री, घटराज भट्टराईलगायत स्थापित साहित्यकारको उल्लेखनीय योगदान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल
-
१० बजे १० समाचार : तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : ओली, पार्टी राजनीतिमा फर्किए रवि
-
राजसंस्था, राजनीतिक दल र जनता एकैठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द
-
मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल आगामी बुधबारदेखि
-
भूमिगत दुर्गा प्रसाईंले भने– मैले लुक्ने ठाउँ भेटेको छु, तिमीहरूले त्यो पनि पाउँदैनौ
-
‘कमेडी नाइट विथ च्याम्पियन्स’ मंगलबारबाट प्रशारणमा आउने