मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
![मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)](https://npcdn.ratopati.com/media/news/sadak-pati-(1)_0FjRx4Y6mr.jpg)
काठमाडौँ । ठुला ठुला सहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडक पेटी कम्तीमा पनि डेढ मिटर चौडाइको हुनुलाई उपयुक्त मानिन्छ । पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्त्वपूर्ण विशेषता हो ।
तर नेपालको राजधानी सहर तथा काठमाडौँ महानगरको सडकपेटीको अवस्था बेग्लै छ । सडकपेटी असाध्य साँघुरा छन् र कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन । भएका सडक पेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ । यसले सडकपेटीहरु मासिएका मात्र छन्, पैदलमार्ग नै हराइरहेका छन् ।
राजधानी काठमाडौँमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन । सडकपेटीहरु निर्माणको पखाइमा छन् । लाग्छ सडकपेटी उद्धारको पर्खाइमा छन् । स—साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ : अध्यक्ष प्रचण्ड
-
मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री !
-
बालुवाटारमा सत्ता पक्षीय दलको बैठक
-
सिँचाइले सुक्खा जमिन हराभरा बन्दै
-
खार्मीका ३६ किसानलाई आधुनिक मौरीका घार
-
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ