शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डको इच्छाः ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशमा आतिथ्य गर्ने

मङ्गलबार, ११ वैशाख २०७५, १७ : ५९
मङ्गलबार, ११ वैशाख २०७५

बैंकक । थाइल्याण्डले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनलाई दुई पक्षीय वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने इच्छा व्यक्त गरेको छ । 

आफ्नो देशले उनीहरुको शिखर वार्ताका लागि स्वयमसेवी तरिकाले सवै व्यवस्था गर्न तयार रहेको थाइल्याण्डले मङ्गलबार जनाएको छ । 

थाइल्याण्डका विदेश मन्त्री डोन प्रामुडवीनैले पत्रकारसँग भने, “त्यो वार्ताका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न थाइल्याण्ड तयार छ ।” अमेरिकी दूतावासले भने अहिलेसम्म यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । 

उत्तर कोरियाका नेता किमले आउँदो शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग शिखर वार्ता गर्ने तयारी भइरहेको छ । त्यो शिखर वार्तापछि ट्रम्पसँगको शिखर वार्ताका बारेमा केही निर्णय हुनसक्ने बताइएको छ । 

राष्ट्रपति ट्रम्पले नेता किमसँग आउदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताएका थिए । वार्ता उपलब्धिमुलक नहुने देखिएमै बीचमै छाड्ने बताउँदै उनले वार्तालाई उपलब्धिमुलक बनाउन सर्तहरु पनि राखेका थिए । तर उनले कुन ठाउँमा कुन दिन हुने भन्ने बारेमा भने केही बताएका थिएनन् ।  

थाइल्याण्ड अमेरिकाको ऐतिहासिक कुटनीतिक सम्वन्ध भएको मुलुक हो भने उत्तर कोरियासँग पनि कुटनीतिक सम्वन्ध रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप