मण्डला थियटरमा 'टिकट टू हलिउड'

काठमाडौँ । मण्डला थियटरमा आजदेखि नाटक 'टिकट टू हलिउड' मञ्चन हुँदैछ । सागर खातीले निर्देशन गरेको नाटमा मिलन कार्की, सुदिप खतिवडालगायतको अभियनय छ ।
निर्देशक खातीको यो छैठौ निर्देशन हो । यसअघि उनले तिम्रो आखाँमा फसेको साँझ, खोपडी भित्रको मान्छे, अबुई लगायतका नाटक निर्देशन गरिसकेका छन् । झिम्के मामा, सिरुमा रानी लगायत नाटकमा अभियनय गरेका उनले अन्तिम पटक विमोक्ष नाटकमा अभिनय गरेका थिए ।
केही सयम अघि कोटेश्वरको बाल कुमारीमा कोरिया जान इपियस भाषा परीक्षा दिएका युवाहरुको आन्दोलनमा मृत्यु भएका एक युवालाई प्रत्यक्ष देखेपछि यो विषयमा नाटक बनाउने विचार आएको उनले बताए । मानिसहरु आफ्नो देश छाड्नको लागि पनि किन आन्दोलन गरिरहेको छ, यसको पछाडीको कारण के छ र जसरी पनि विदेश जाने लहडले मानिसलाई कुद हदसम्म पुर्याइरहेको छ भन्ने विषयमा घोत्लिदा यो नाटकको आइडिया आएको बताए । उनका अनुसार आफुसँग थियटर गरिरहेका साथी तथा गुरुहरु पलायन भइरहदाँ यो विषयमा केही गरौ भन्ने अवचेत मनमा थियो ।
'यो विषय के गर्ने र कसरी गर्ने भन्ने लामो समयमसम्म अवचेतन मनमा थियो, बालकुमारीको घटना देखेपछि नाटक गर्नैपर्छ भन्ने लाग्यो'-उनले भने ।
महाभोज, लाटीको छोरो, सलेदो, र माइलो लगायत डेढ दर्जन भन्दा बढी नाटकमा अभिनय गरिसकेका कलाकार कार्कीले यो नाकटमा समकालिन कलाकार र निर्देशकसँग काम गर्न पाउदाँ आफ्नो चरित्रलाई थप गहिरोसँग बुझेर अभिनयमा उतार्न पाएको बताए । निर्देशकले पात्रको चरित्र निर्माणमा काम गर्न कलाकारलाई स्वतन्त्रता दिएको उनको भनाइ छ ।'यो नाटकको थिम अनुसार पात्र निर्माणमा धेरै नै मेहनत भएको छ, दर्शकले फरक काम देख्न पाउनेछन्' कार्कीले भने ।
क्लेशा, लाटीको छोरो, मसानटार आन्दोलन, जालिनी, एण्टीगोनी लगायत एक दर्जन नाटकमा अभिनय गरिसकेका कलाकार खतिवडाले नाटकमा देखासिकी र लहडले मानिसलाई कुन हदको समस्यामा पुर्याइरहेको छ भन्ने देखाइएको बताए ।
'नाटकमा समकालिन समाजका गम्भिर विषयलाई हास्य शैलीमा देखाइएको छ' खतिवडाले भने । नाटक सोमबार बाहेक साताको प्रत्येक दिन दिउसो चार बजे मञ्चन हुनेछ । साताको तीन दिन शुक्रबार, शनिबार र आइतबार साढे सात बजेको अतिरिक्त शो पनि हुनेछ । नाटक बैशाख २३ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो