दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ ।
एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीहरूको सङ्ख्यामा वृद्धिसँगै चराहरूमा प्रकोपको सङ्ख्या तीव्र रूपमा बढेको छ ।
वर्ड फ्लुको यो प्रजातीका कारण दशौं लाख कुखुरा जङ्गली चराहरूको मृत्यु भएको छ भने जमीन र समुद्री स्तनधारीहरू पनि सङ्क्रमित भएका छन् ।
गत महिना यसबाट सङ्क्रमित हुने सूचीमा यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्राहरूसमेत परेका भेटिएका थिए । विशेषज्ञहरूको लागि यो अर्को चुनौतीको बिषय बनेको छ ।
अमेरिकी अधिकारीहरूले यसै महिनाको सुरुमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट मुक्त भएको बताएका थिए ।
विश्व स्वास्थ्य सङ्गठनको ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङले भने, “टेक्सासमा गाईबाट एभियन इन्फ्लुएन्जा मानिसमा सङ्क्रमण भएको यो पहिलो घटना हो ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “चराबाट गाई, गाईबाट गाई र गाईबाट चरामा सर्ने सङ्क्रमण पनि पछिल्लाो प्रकोपको समयमा भेटिएको छ । यसले हामीले पहिले बुझेको भन्दा सङ्क्रमणका अन्य मार्गहरू फेला पारेको हुन सक्छ भन्ने देखाउँछ ।”
संयुक्त राज्य अमेरिकामा बर्ड फ्लुको लागि एक मानव परीक्षण गरिएको यो दोस्रो घटना थियो र भाइरसले जङ्गली चराहरूको सम्पर्कमा आएका झुण्डहरूलाई बिरामी पारेपछि यो घटना सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ