सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझै थुनामा

काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतको थुनछेक आदेशअनुसार दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, निता थापा मगर र रोशनी गुरुङ धरौटीमा रिहा भएका हुन् ।
तर, अदालतबाट माग भएबमोजिमको दीपेश कुमार पुन र नवीन अछामीले भने सो समाचार तयार पार्दासम्म धरौटी नबुझाएपछि थुनामै छन् । अदालतले पुन र अछामीसँग क्रमशः ४ लाख र १० लाख धरौटी माग गरेको छ ।
यस्तै रिहा भएकाहरु पाण्डेसँग १८ लाख, न्यौपानेसँग ४ लाख ४५ हजार, थापा मगर र गुरुङसँग २–२ लाख रुपैयाँ धरौटी माग भएको थियो । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा हुन् ।
न्यायाधीश डा दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ । यस्तै कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।
वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको थियो । ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो ।
सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग
-
राष्ट्रियसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश’ स्वीकृत
-
रुसले गरेको आक्रमणमा चारको मृत्यु, अमेरिकी र बेलायती स्वयंसेवक भाग्यले बाँचे
-
संसद्मा ऊर्जामन्त्रीले भने– ‘कुलमान कानुनभन्दा माथि हो भने संसद्ले भनिदिनुपर्यो ’
-
कालिज पालनमा कामयाब गौरवको सङ्कल्प : कृषिसँग होमस्टे जोड्न चाहन्छु
-
टम ब्रुसले बनाए न्युजिल्यान्डको क्रिकेट इतिहासमा तेस्रो ठुलो एकल स्कोर