सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस

काठमाडौँ । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा संविधानसम्मत गरिएको दाबीलाई प्रदेश प्रमुख मियाँले खारेज गरी बदनियत ढंगले सरकार गठन गर्न फेरि आह्वान गर्नु असंवैधानिक कदम भएको कांग्रेसको भनाइ छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले संविधानले प्रदेश सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखलाई विशेष अधिकार प्रयोग गर्ने छुट नदिएको बताए । यस्तै संविधानमा प्रदेश प्रमुखले कुनै पार्टी विशेषको निर्देशनको पालना गर्ने कल्पना पनि नगरिएको उनको भनाइ छ ।
मुख्यमन्त्रीका लागि दाबी पेश भइसकेपनि हस्ताक्षर फिर्ताको प्रपञ्च रचिनुले संघीय पद्धतिप्रति एकखालको निराशा पैदा भएको उनको जिकिर छ । संविधानको सीमामा बस्नुपर्ने प्रदेश प्रमुखको राजनीतिक प्रेरित रवैया आपत्तिजनक रहेको उनले बताए । यो विषयलाई कांग्रेसलाई राजनीतिक र कानुनी रुपमा विरोध गर्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कबाट खैरो हेरोइन सहित भारतीय दम्पती पक्राउ
-
१० बजे १० समाचार : मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ताकेतादेखि माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामासम्म
-
काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो