एसीसी प्रिमियर कप क्रिकेट
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
शुक्रबार, ०७ वैशाख २०८१, १३ : १७

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा करण केसीलाई गुमाएको हो ।
नवौँ नम्बरमा क्रिज समाल्न आएका करण १७ रन बनाउँदै आउट भएका हुन् । उनले पेभेलियन फर्किनुअघि १२ बलको सामना गरी दुई छक्का पनि हिर्काए । उनलाई यूएईका बलर अली नासिरले बोल्ड गरे ।
१८.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय १६ रन बनाएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।