एसीसी प्रिमियर कप
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा
शुक्रबार, ०७ वैशाख २०८१, १३ : ००

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो ।
चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीपले पेभेलियन फर्किनुअघि अर्धशतकीय पाली खेले । उनले ४० बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ५० रन बनाएका हुन् । उनलाई यूएईका बलर मुहम्मद फारुकले मुहम्मद वसिमद्वारा क्याच गराएका हुन् ।
१४।४ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालले ८० रन बनाएको छ । २२ वर्षीय सन्दीप जोराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल