शेरबहादुर देउवालाई एमालेको निम्तो, भने– आउँछु

काठमाडौँ । नेकपा एमालेले शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी भइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिएको छ । शुक्रबार बिहान एमाले नेताहरू देउवा निवास पुगेर निम्तो दिएका हुन् ।
देउवालाई निम्ता दिन एमाले सचिव योगेश भट्टराईलगायतका नेता देउवा निवास पुगेका थिए । ‘हामीले शुक्रबार पूर्व प्रधानमन्त्री समेत रहेका नेता देउवालाई निम्ता दियौँ । उहाँले निम्तो स्वीकार गर्नु भएको छ । आउँछु भन्नुभएको छ’, सचिव भट्टराईको भनाइ छ ।
एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट सुरु हुँदैछ । पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न सबै दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याएको सचिव भट्टराईले जानकारी दिए । एमालेका अनुसार परिषद् बैठकमा एमालेका २५ सय प्रतिनीदहरू सहभागी हुनेछन् । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसहित अन्य नेताले फरक फरक प्रतिवेदन पेस गर्दैछन् ।
बैठकमा खासगरी एमालेको नीति र नेतृत्वबारे छलफल हुनेछ । यसैबिच नेकपा एमालेले आज शुक्रबार दिउँसो ३ बजे बैठकबारे जानकारी दिन पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म