सहकारी ठगी प्रकरण
सुप्रिम सहकारी प्रकरण : ओम गुरुङको पक्षमा बहस हुँदै
शुक्रबार, ०७ वैशाख २०८१, १२ : १४

बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमा पक्राउ परेका सो सहकारीका अध्यक्ष ओम गुरुङको पक्षमा थुनछेक बहस सुरु भएको छ । पक्राउ परेका ६ जनाको विषयमा हिजो बहस सकिएपछि आज गुरुङको पक्षमा बहस सुरु गरिएको हो ।
गुरुङको पक्षमा अधिवक्ता लिलाधर मरासिनी, यमलाल खनाल र शान्ता पौडेलले बहस गर्नेछन् । बिहीबार दीपेश पुन, रोशनी गुरुङ, दुर्गा चापागाईं सहितको पक्षमा ७ जना अधिवक्ताहरूले बहस गरेका थिए ।
सुप्रिम सहकारी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको छ । पक्राउ परेका ७ जनाको पक्षमा थुनछेक बहस चलेको हो । न्यायाधीश डा. दीपक उप्रेतीको इजलासमा सो मुद्दाबारे बहस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे
-
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
-
औषधिको नयाँ कानुन ल्याउन मन्त्रालयले माग्यो सुझाव