भारतसँगको खुला सिमानाका कारण नेपाल सधैँ चेपुवामा : भट्टराई

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतसँगको खुला सिमानाका कारण नेपाल सधैँ चेपुवामा परेको बताएका छन्। सिमाना खुला हुँदा नेपालको उद्योगधन्दा टाट पल्टिएकाे र कृषि उत्पादनको संरक्षण नभएको उनले बताए।
वैशाख १ गतेदेखि शान्तिबाटिकामा कृषिसम्बन्धी ५ बुँदे माग राखेर आमरण अनशन बसेका युवालाई भेटेर उनीहरूको मागमा ऐक्यबद्धता र माग पूरा गराउन पहल गर्ने प्रतिबद्धता जनाउँदै डा.भट्टराईले भारतसँगको खुला सिमानाकै कारण नेपालको कृषि उत्पादनको संरक्षण नभएको बताए।
अनशन बसेका युवालाई सम्बोधन गर्दै डा.भट्टराईले बिहीबार भने,‘खुला सिमानाका कारण हामी निरन्तर चेपुवामा परेका छौँ। उद्योगधन्दाहरू टाट पल्टिए। कृषि पनि टाट पल्टिन्छ भनेर खुला सिमाना नियमन गर्नुपर्छ भन्दै आइरहेको छु।’
खुला सिमानालगायतका समस्या समाधानका निम्ति ५० को सन्धि खारेज गरेर प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन कार्यान्वयन गरी नयाँ सन्धि गर्नुपर्ने डा.भट्टराईले बताए। ‘५० को सन्धिलाई अन्त्य गरेर प्रबुद्ध समूहमार्फत नयाँ सन्धि गर्नुपर्छ र नेपालको अर्थतन्त्रमा कृषिले संरक्षण पाउनुपर्छ भन्दै आएको छु तर भइरहेको छैन। प्रबुद्ध समूहले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ,’ डा.भट्टराईको भनाइ छ।
पूर्वअर्थमन्त्रीसमेत रहेका डा.भट्टराईले सरकारले किसानको पीडा नबुझेको र संविधानमा वैज्ञानिक भूमिसुधार हुनुपर्न भनेर लेखिए पनि कार्यान्वयन हुन नसकेको बताए। डा.भट्टराईले बैंकबाट किसानलाई न्यून ब्याजमा ऋण प्रवाह उपलब्ध कार्यको आफू अर्थमन्त्री र प्रधानमन्त्री हुँदा सुरु गरिए पनि अहिले टाठाबाठाले दुरुपयोग गरेको र किसानको हातमा नपरेकोमा चिन्ता व्यक्त गरे।
उनले भने, ‘म आफैंले किसानहरूका निम्ति वैज्ञानिक भूमिसुधार हुनुपर्छ भनेर संविधानमा लेखेको छु। कानुन लागू गर्नु पर्यो नि! किसानलाई कर्जाको पनि अभाव छ। सरकारले यो काम गरिरहेको छैन। किसानमा लगानी गर्नुपर्छ। म अर्थमन्त्री, प्रधानमन्त्री भएको बेलामा बैंकहरूले किसानलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ भनेर सुरुआत गरेको मैले नै हो। टाठाबाठाले दुरुपयोग गर्ने, किसानको हातमा नपर्ने अवस्था अहिले छ।’
डा.भट्टराईले नेपालको कृषि अर्थतन्त्र दिनहुँ धराशायी बन्दै गएका कारण युवा बेरोजगार भएर बिदेसिन बाध्य भएको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन