विदेश बस्ने नेपालीलाई इमेलबाटै पुलिस रिपोर्ट उपलब्ध गराईने
काठमाडौं– विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक परेमा प्रहरी चारित्रिक प्रमाणपत्र इमेलबाटै उपलब्ध गराइने भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक पुलिस रिपोर्ट इमेलमार्फत आवेदन दर्ता गरेर इमेल माफर्तनै विदेशमा उपलब्ध गराउने जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता (डिआईजी) मनोज नेउपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा आवश्यक पर्ने प्रहरी चारीत्रिक प्रमाण–पत्र सहज रुपमा उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय चालचलन शाखाको इमेल [email protected].
त्यस्तै, प्रहरी प्रधान कार्यालयले पुलिस रिपोर्टको फारम संकलन गर्नका लागि काठमाडौं उपत्यकामा दुईवटा केन्द्र थप गरेको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार अब महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय प्रहरी वृत्त गौशालामा पनि पुलिस रिपोर्टका लागी फारम बुझाउन र रिपोर्ट लिन सकिनेछ ।
यसअघि काठमाडौं उपत्याकाका चार स्थान महानगरीय प्रहरी कार्यालय रानिपोखरी, महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट पुलिस रिपोर्टको फारम संकलन र वितरण हुँदै आएको थियो ।
उपत्यका बाहिर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा, संघीय प्रहरी ईकाइ कार्यालय नेपालगञ्ज र संघीय प्रहरी इकाई कार्यालय धनगढीबाट पुलिस रिपोर्ट वितरण हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का