शपथस्थलमा लफडा, नाउपाका कैलाश बने भौतिक मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथकै बेला केहीबेर प्रदेश प्रमुखको कार्यालयमा तनावको स्थिति समेत सिर्जना भएको थियो । मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए ।
तर थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको हो । टीकापुरका मेयर रामलाल डंगौराले सांसद थापालाई अहिले सपथ नखानुस् हिन्नुस् भनेर बाहिर ल्याएपछि तनाव उत्पन्न भयो ।
त्यसपछि मुख्यमन्त्री सोडारी एक्लैले शपथ ग्रहण गरे । दुई जनाले विभागसहितको मन्त्रीको शपथ खाने तयारी गर्दा हाम्रो अपमान भयो भन्दै टीका थापा र उनका श्रीमान नाउपाका नेता रतन थापा प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिए । केहीबेरको छलफलपछि कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको शपथ लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक