सत्ता राजनीति
सत्ता गठबन्धनमा कुनै समस्या छैन : रवि लामिछाने
बिहीबार, ०६ वैशाख २०८१, २२ : ४५

काठमाडौँ । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका कारण सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलमा सहभागी भएपछि लामिछानेले यस्तो बताएका हुन् ।
‘हामी नेताहरू छलफल गर्न भ्याएका थिएनौ । अहिले सामान्य छलफल भएको हो । कुनै एजेण्डा विशेष केहीमा छलफल भएको होइन’, लामिछानेको भनाइ छ ।
सञ्चारकर्मीले सुदूरपश्चिम सरकार गठनमा देखिएको विवादबारे सोधेको प्रश्नमा उनले त्यसले सत्ता गठबन्धनमा कुनै समस्या पैदा नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले महासचिवको अभिव्यक्ति विवादमा : कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् ?
-
‘मिडियाले निराशा बढाउने काम गर्न हुँदैन’
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
दुर्गा प्रसाईँको प्रहरीलाई छक्काउने योजना यसरी भयो विफल
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक