ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
![ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल](https://npcdn.ratopati.com/media/news/agreement-ceremony-photo_page-0001_xC50OerBIn.jpg)
काठमाडौँ । ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।
होटेलले आयोजित एक कार्यक्रममा ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक शेयर निष्काशन प्रक्रिया अगाडी बढाईएको होटलका अध्यक्ष गोपाल रानाले जानकारी दिए ।
पश्िचम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेशनल होटलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना बनाएको रानाले जानकारी दिए । सोहीअनुसार आईपिओ जारी गरी उक्त योजनानुसार कामहरु सम्पन्न गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
-
च्याम्पियन्स ट्रफीअघि युवा अलराउन्डर बेथेल घाइते भएपछि इङ्ल्यान्ड दवावमा
-
आईपीओ निष्काशन गर्दै अर्बिट इनर्जी
-
‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’
-
एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्षमा नेपाली निर्वाचित
-
माओवादी केन्द्रीय विभागमा कार्य विभाजन : प्रचण्ड स्कुल, जनार्दन संगठनको कमान्डर